पोखरीमा डुबेर सिराहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पोखरीमा डुबेर सिराहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 931
    Shares

पोखरा, २८ असार २०८३।

पोखरीमा डुबेर सिराहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

सिरहा को गोलबजार नगरपालिका–७ स्थित पोखरामा डुबेर आइतबार दिउँसो एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय अब्बास खानका आठ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया छोरी रुविना खातुन र १२ वर्षीया छोरी सवनम खातुन रहेका गोलबजार नगरपालिका–७ का वडाध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए।

प्राप्त जानकारीअनुसार, वर्षाका कारण गोलबजार–७ स्थित पशु बजार नजिकको खाल्डोमा पानी जमेर अस्थायी पोखरी बनेको थियो। सोही स्थानमा नुहाउन गएका तीनै जना बालबालिका डुबेर बेपत्ता भएका थिए।

स्थानीयवासीले खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धार तथा खोजी कार्य सुरु गरेको थियो। खोजीका क्रममा तीनै बालबालिकालाई पानीबाट बाहिर निकालिएको भए पनि उनीहरूको ज्यान जोगाउन सकिएन।

घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया