नेपाल आउने क्रममा एयरपोर्टमा ढलेका नेपाली युवा महेश उदासको ग्रिसमा निधन

नेपाल आउने क्रममा एयरपोर्टमा ढलेका नेपाली युवा महेश उदासको ग्रिसमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ असार २०८३
  • 1.5K
    Shares

dead mahesh udas in greece , ग्रिसमा मृत्यु भएका महेश उदास

काठमाडौं, २८ असर २०८३।

 वैदेशिक रोजगारीका सिलसिलामा युरोप पुगेका काभ्रेपलाञ्चोकका एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ।

काभ्रेपलाञ्चोकको खोपासी घर भएका ३१ वर्षीय महेश उदास वैदेशिक रोजगारीका लागि बुल्गेरिया पुगेका थिए। बुल्गेरियामा स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेपछि उनी रोजगारीको खोजीमा ग्रीस पुगेका थिए।

तर ग्रीस पुगेपछि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि उनी नेपाल फर्किने तयारीमा थिए। सोही क्रममा विमानस्थलमा अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल इभान्जेलिस्मोस अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनी **क्षयरोग (टीबी)**बाट ग्रस्त रहेको पुष्टि भएपछि थप उपचारका लागि सोतेरिया अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

प्रतिक्रिया