बझाङ बोलेरो जिप दुर्घटना अपडेट : मृतक र घाइतेको खुल्यो पहिचान

बझाङ बोलेरो जिप दुर्घटना अपडेट : मृतक र घाइतेको खुल्यो पहिचान


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 1.3K
    Shares

पोखरा , २७ असार २०८३।

बझाङमा आज दिउसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका तीन जना र घाइते आठ जनाको पहिचान खुलेको छ।

बझाङको केदारस्यूँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुंगरे क्षेत्रमा आज दिउँसो भएको से१च २४४४ नम्बरको जीप दुर्घटनामा घटनास्थलमै मृत्यु भएका तीन जना र घाइते आठ जनाको पहिचान खुलेको हो।

केदारस्यूँ–७ बाट दुर्गाथली–६, च्वाबनतर्फ जाँदै गरेको उक्त बोलेरो जिप दुर्घटनामा परेर दुर्गाथली–६ का चक्रबहादुर महत, सोही स्थानकी कुटुरीदेवी महत र केदारस्यूँ–७ की विमला महत धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा दुर्गाथली–६ का पूर्ववडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जैमतीदेवी महत, शिक्षक रामबहादुर महत, अर्का शिक्षक देवबहादुर जाग्री र केदारस्यूँ –७ का सवारीचालक देवबहादुर धामी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक बिष्टले जानकारी दिए । दुर्गाथली–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरू जाग्री सामान्य घाइते छन् ।

गम्भीर घाइतेको उद्धार तथा उपचारका निम्ति अस्पताल लैजान हेलिकोप्टर परिचालन गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया