पोखरा , २७ असर २०८३।
आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको पनि निधन भएको छ ।
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ५० वर्षीय राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।
उनले आज बिहान बुद्धनगरस्थित आफनै घरमा आत्मदाह गरेका थिए । ५० प्रतिशत जलेका उनकाे केहीबेर अघि उपचारकाे क्रममा निधन भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
यस अघि आत्मदाह प्रयास गरेका मुगु घर भएका राइडर गणेश नेपालीको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।