खोटाङमा ज्याला माग्न गएका मजदुरको घरका परिवार मिलेर हत्या : एकैघरका आमाबाबु र छोरी पक्राउ

खोटाङमा ज्याला माग्न गएका मजदुरको घरका परिवार मिलेर हत्या : एकैघरका आमाबाबु र छोरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 3.1K
    Shares

khotang खोटाङमा मजदुरी माग्दा हत्या

पोखरा, २७ असार २०८३ ।

खोटाङमा ज्याला माग्न गएका एक मजदुरको घरका परिवार मिलेर हत्या गरेका छन्। आफुले काम गरेको मजदुरीको ज्याला माग्न गएका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३८ वर्षीय ध्रुव अधिकारीको हत्या भएको हो।

प्रहरीका अनुसार, स्थानीय तिलकबहादुर सार्कीको घरमा मजदुरीको ज्याला माग्न गएकाअधिकारीसंग बिबाद भए पछि अधिकारीको खुकुरी हानि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए। घटनापछि तिलकबहादुर आफैँले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए।

प्रहरीका अनुसार , घटनामा संलग्न रहेको आरोपमा ५७ वर्षीय तिलकबहादुर सार्कीलाई घटनालगत्तै पक्राउ गरिएको थियो। मृतकका आफन्तले भोटीमाया र सीताविरुद्ध किटानी जाहेरी दिएपछि तिलकबहादुरको ५२ वर्षीया श्रीमती भोटीमाया सार्की र २२ वर्षीया छोरी सीता सार्कीलाई शुक्रबार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणपछि ध्रुव अधिकारीको शव आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया