रुपन्देहीमा गोली हानेर घाइते बनाई भारतीय लागू औषध तस्कर पक्राउ

रुपन्देहीमा गोली हानेर घाइते बनाई भारतीय लागू औषध तस्कर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असार २०८३
  • 2.4K
    Shares

पोखरा, २७ असार २०८३ ।

रुपन्देहीमा प्रहरीले गोली हानेर घाइते अवस्थामा एक जना भारतीय लागू औषध तस्करलाई पक्राउ गरेको छ।

अबैध लागू औषध ब्राउन सुगरसहित मोटरसाइकलमा नेपाल छिरेका भारतको उत्तर प्रदेशका अकबाल खानलाई रुपन्देहीको मायादेवी गाउँपालिका–५ गुरुवनियामा चेकजांच गर्न खोज्दा प्रतिरोध गरेपछि गोली हानेर घाइते अवस्थामा पक्राउ गरिएको हो। उनको घुँडामुनि गोली लागेको छ। अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार, घटनास्थलबाट प्रहरीले ब्राउनसुगर ३ सय ग्राम, पेस्तोल १ थान, दुई राउन्ड गोली बरामद गरिएको छ। .

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया