गएराती सेती नदीमाथिको झोलुङ्गे पुलबाट हाम फालेकी युवतीको दुई घण्टापछि सकुशल उद्धार

गएराती सेती नदीमाथिको झोलुङ्गे पुलबाट हाम फालेकी युवतीको दुई घण्टापछि सकुशल उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ असार २०८३
  • 1.1K
    Shares

rescue in seti river tanahun

पोखरा, २६ असार २०८३।

गएराती सेती नदीमाथिको झोलुङ्गे पुलबाट हाम फालेकी एक युवतीको दुई घण्टापछि सकुशल उद्धार भएको छ।

गएको बिहिबार राती करीब सवा आठ बजेको समयमा तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट हाम फालेकी युवतीको दुई घण्टापछि सकुशल उद्धार गरिएको हो ।

सेतीमा हाम फालेपश्चात बीच भागमा अड्किएर बसेकी व्यास-४ बस्ने १७ वर्षीया युवतीलाई नेपाली सेनाको कालीभञ्जन गण (इ) र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले राती सवा १० बजेको समयमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्राप्त विवरण अनुसार , शुरुमा ती युवतीको चप्पल पुलको माथि भेटिएको थियो । पुलबाट हाम फालेकी ती युवतीलाई केही क्षणमै एक जना प्रहरीले नदीमा गएर बचाएका थिए । त्यसपश्चात् नदीको बीच भागमा प्रहरीको सहयोगमा बसेकी उनको सेनाले बोटमार्फत् उद्धार गरेको हो ।

उद्धार गरिएकी ती युवतीको हाल दमौलूस्थित प्रदेश अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया