सेती किनारामा मृत भेटिएकी महिलाको खुल्यो परिचय , अनुसन्धान जारी

सेती किनारामा मृत भेटिएकी महिलाको खुल्यो परिचय , अनुसन्धान जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ असार २०८३
  • 1.7K
    Shares

identified deadbody

पोखरा, २६ असार २०८३।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको परिचय खुलेको छ।

मृतक शुक्लागण्डकी नगरपालिका–९, लामिस्वारा निवासी ५० वर्षीया टिकामाया कामी रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले पुष्टि गरेको छ ।

स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाएको थियो। प्रारम्भिक अनुसन्धानपछि शवको पहिचान भएको प्रहरीले जनाएको छ।

हाल घटनाको कारण खुल्न बाँकी रहेको छ। मृत्यु स्वाभाविक, दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षबाट अनुसन्धान भइरहेको बताएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्ष आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया