पोखरा, २५ असार २०८३।
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हिलेटारको मोटरेवल पुल भन्दा तल आज एकाबिहानै एक महिलाको शव भेटिएको छ। प्रहरी घटनास्थलमा पुगेको छ।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको छ। साथै, उनको मृत्यु के कसरी भएको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।