फिफा विश्वकप : स्पेन १६ वर्षपछि विश्वकप क्वार्टरफाइनलमा प्रवेश, पोर्चुगल पराजित

फिफा विश्वकप : स्पेन १६ वर्षपछि विश्वकप क्वार्टरफाइनलमा प्रवेश, पोर्चुगल पराजित


  • जन संचार
  • मंगलबार, २३ असार २०८३
  • 2.3K
    Shares

काठमाडौं, २३ असार २०९३।

फिफा विश्वकप–२०२६ अन्तर्गत गएराति भएको राउन्ड अफ १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ।

अमेरिकाको डलास स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्पेनका मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेटमा गरेको गोल नै उक्र खेलको निर्णायक बन्यो। उनले फेरान टोरेसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

जारी विश्वकपको उपाधि दाबेदार मानिएको पोर्चुगल यो हारसँगै अन्तिम १६ बाटै बाहिरिएको छ। कप्तान क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको टोलीले खेलभर अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।

यसअघि पोर्चुगलले राउन्ड अफ ३२ मा क्रोएसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। सन् २०२२ को विश्वकपमा भने पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो।

यता, सन् २०१० को विश्व विजेता स्पेनले १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुनः स्थान बनाएको हो। स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ का संस्करणमा अन्तिम १६ बाटै बाहिरिएको थियो।

अब स्पेनले क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीच आज बिहान हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया