गएराती धनगढीमा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजेतिर ठक्कर दिंदा एक नेपाली युवाको मृत्यु भएको हो।
गाडीको ठक्करबाट मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि तत्कालै माया मेट्रो अस्पताल लगिएकोमा उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ। सोही दुर्घटनामा मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन् ।
दुर्घटनापछि भारतीय नम्बरको गाडी र चालक फरार भएका छन् । गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।