स्याङ्जाबाट मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ

स्याङ्जाबाट मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, १५ असार २०८३
  • 2.7K
    Shares

पोखरा, १५ असार २०८३।

स्याङ्जाबाट मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ परेका छन्।

गएको असार ३ गते राति स्याङ्जाको पुतलीबजार नगरपालिका–२ दुर्गानगरबाट ग.९ प. ६१४० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवालाई पक्राउ गरेको हो।

पक्राउ परेका युवा पोखरा महानगरपालिका–१७ छोरेपाटन शीतलचौतारी बस्ने २३ वर्षीय दिपेश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालय बैदाम, कास्कीको सहयोगमा गुरुङलाई असार १२ गते पक्राउ गरिएको प्रहरीको दाबी छ।

प्रहरीले पक्राउ परेका गुरुङविरुद्ध चोरी सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया