उदयपुरमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० भन्दा बढी घाइते (नामावलीसहित)

उदयपुरमा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, ३० भन्दा बढी घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ६ असार २०८३
  • 1.4K
    Shares

school bus accident in udayapur

पोखरा , ६ असार २०८३।

उदयपुरको उदयपुरगढी गाउँपालिकामा शनिबार बिहान स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–जोगिटोल क्षेत्रमा सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उदयपुर जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घाइते रसिला कुमारी चौधरी (३८) र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीलाई उदयपुर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको छ।

अन्य २८ जना घाइतेको उपचार उदयपुर जिल्ला अस्पतालमा भइरहेको छ। अस्पतालका अनुसार घाइतेमध्ये अधिकांश महोत्तरी र सिराहा जिल्लाका बासिन्दा रहेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार यात्रुमध्ये महोत्तरी औरी नगरपालिका बस्ने २५ वर्षीया रामतोलादेवी मण्डल र सोही ठाउँकी १४ वर्षीया प्रिति यादव भने सकुशल छन्। यस्तै बस चालक महोत्तरी गौशाला नगरपालिका-१० निवासी २८ वर्षीय जीवन आले पनि सकुशल छन्।

चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी  शैलेन्द्र थापाका अनुसार उक्त बस शैक्षिक भ्रमणका लागि महोत्तरीबाट सुनसरी जाँदै थियो। बसमा अभिभावक, शिक्षक र विद्यार्थी थिए। दुर्घटनामा मृत्यु भएका व्यक्ति शिक्षक हुन्।  

उनका अनुसार दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण (उदयपुर) बाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डको टोली उद्धारमा खटिएको थियो। 

  • जितन प्रसाद यादव (४५ वर्ष, वडा नं. २)
  • पिंकी यादव (३८ वर्ष, वडा नं. २)
  • नितु यादव (२४ वर्ष, वडा नं. २)
  • चाँदनी पासवान (१५ वर्ष, वडा नं. २)
  • भिकारी यादव (४५ वर्ष, वडा नं. २)
  • अमृता यादव (२२ वर्ष, वडा नं. २)
  • अञ्जली साह (२० वर्ष, वडा नं. २)
  • रुपा महतो (१८ वर्ष, वडा नं. २)
  • अनिल कुमार पासवान (२४ वर्ष, वडा नं. २)
  • दिनेश साह (३६ वर्ष, वडा नं. २)
  • आलोक साह (७ वर्ष, वडा नं. २)
  • अनिसा महतो (२६ वर्ष, वडा नं. २)
  • नादनी कुमारी यादव (१० वर्ष, वडा नं. २)
  • अजय कुमार मण्डल (२७ वर्ष, वडा नं. २)
  • दीपेन्द्र महतो (३८ वर्ष, वडा नं. २)
  • पुष्पा महतो (११ वर्ष, वडा नं. २)
  • ममता महतो (१८ वर्ष, वडा नं. ५)
  • कुश महतो (२६ वर्ष, वडा नं. ११)
  • निशा यादव (१३ वर्ष, वडा नं. २)
  • सोनाक्षी यादव (१० वर्ष)
  • नन्द किशोर पण्डित (२४ वर्ष)
  • शिवलाल महतो (३५ वर्ष)
  • रोहन मण्डल (५ वर्ष, रामतोला देवीका छोरा)
  • लभ महतो (२४ वर्ष)
  • सिकेन्द्र बैठा (३२ वर्ष, सोनुवा गापा-७, महोत्तरी)
  • रामशंकर यादव (३० वर्ष, लक्ष्मीपुर पतारी गापा-५, सिराहा)
  • निर्मला यादव (२२ वर्ष, लक्ष्मिपुर पतारी गापा-५, सिराहा)
  • बिकी यादव (७ वर्ष, लक्ष्मीपुर पतारी गापा-५, सिराहा)

प्रतिक्रिया