पोखराको पृथ्वीचोकबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक महिला नियन्त्रणमा

पोखराको पृथ्वीचोकबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक महिला नियन्त्रणमा


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ६ असार २०८३
  • 1.1K
    Shares

woman arrest with drugs , लागू औषध सहित महिला पक्राउ

पोखरा , ६ असार २०८३।

पोखराको पृथ्वीचोकबाट ठुलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

कास्की प्रहरीले ६ सय एम्पुल लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रबाट करीब ६ सय एम्पुल लागूऔषधसहित रुपन्देहीको मायादेवी नगरपालिका–१२ निवासी २१ वर्षीया जिनी रावललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार रावलले झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा डाईजेपाम दुईसय एम्पुल, फेनारगन दुईसय एम्पुल र बुप्रेनोर्फिन दुईसय एम्पुल गरी कुल ६ सय एम्पुल लागूऔषध बरामद गरिएको छ। साथै उनको साथबाट दुई थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार बिहान करिब ४ बजे गरिएको निगरानी तथा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकी रावलविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया