पोखरा, २ असार २०८३।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ स्याहलास्थित एक घरमा शंकास्पद वस्तु फेला परेपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अनुसन्धान थालेको छ।
सुरक्षा निकायका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उक्त वस्तु ग्रिनेड (हाते बम) रहेको जानकारी प्राप्त भएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।
हाल घटनास्थललाई सुरक्षा घेराभित्र राखी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। प्राप्त जानकारी अनुसार बागलुङबाट नेपाली सेनाको विशेष टोली घटनास्थलमा पुगेपछि उक्त ग्रिनेडलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गर्ने तयारी भइरहेको छ।
ग्रिनेड कसरी उक्त स्थानमा पुग्यो, कसले राख्यो र यसको उद्देश्य के थियो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीलाई घटनास्थल नजिक नजान तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

Source : Galkot Update