पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २ असार २०८३
  • 3.2K
    Shares

पोखराम २ असार २०८३।

पोखरामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई पोखरा महानगरपालिका–२७ डाँडाकोनाकस्थित सडकमा सोमबार बिहान करिब ११ः२५ बजे ठक्कर दिएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर तनहुँको बन्दीपुर गाउँपालिका–१ घर भएका ५३ वर्षीय विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खत्रीलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल पुर्‍याएको केही समयपछि बिहान ११ः४५ बजे चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल पूर्णरूपमा क्षति भएको छ। घटनापछि इलाका प्रहरी कार्यालय डाँडाकोनाकले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्ने चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–२ साखर निवासी ३३ वर्षीय पदमबहादुर थापा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया