कैलालीबाट पत्रकार दीपेन्द्र भट्ट पक्राउ, प्रहरीले शुरु गर्‍यो अनुसन्धान

कैलालीबाट पत्रकार दीपेन्द्र भट्ट पक्राउ, प्रहरीले शुरु गर्‍यो अनुसन्धान


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, १ असार २०८३
  • 1.4K
    Shares

पत्रकार दिपेन्द्र भट्ट पक्राउ

पोखरा, १ असार २०८३।

कैलालीबाट पत्रकार दीपेन्द्र भट्ट पक्राउ परेका छन्ग। उनलाई प्रहरीले आइतबार धनगढीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार विद्युतीय कारोबारसम्बन्धी दर्ता भएको उजुरीका आधारमा भट्टलाई पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

भट्ट सामाजिक सञ्जालमार्फत विभिन्न अनियमितता तथा सार्वजनिक सरोकारका विषयहरू उठाउँदै आएका पत्रकारका रूपमा परिचित छन्।

प्रहरीले उजुरीको विषयवस्तु र आरोपका सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया