हिजो घटेका विदेशी मुद्राको मूल्य आज कति?

हिजो घटेका विदेशी मुद्राको मूल्य आज कति?


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा३१ जेठ २०८३।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो यी सबै मुद्राको भाउ घटेको थियो। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा छ। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा छ। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा छ। 

आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया