आज अमेरिकी डलर, युरो, पाउन्ड, र दिनार थप महँगिए

आज अमेरिकी डलर, युरो, पाउन्ड, र दिनार थप महँगिए


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 2.3K
    Shares

पोखरा , २१ जेठ २०८३।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा थियो। 

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा छ। हिजो  पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा थियो। 

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ५०० रुपैयाँ १३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ११ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया