इलामका युवाको क्रोएसियामा भएको सडक दुर्घटनामा परेर मृत्यु

इलामका युवाको क्रोएसियामा भएको सडक दुर्घटनामा परेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा,८ जेठ २०८३।

इलामका एक युवाको युरोपेली मुलुक क्रोएसियामा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

इलाम जिल्ला सन्दकपुर गाउँपालिका–१ अफ्ठारे निवासी ३३ वर्षीय उमेश फागोको क्रोएसियामा भएको सडक दुर्घटनामा परेर मृत्यु भएको हो।

वैदेशिक रोजगारीका सिलसिलामा केही वर्षदेखि क्रोएसियामा रहेका फागोको गत मे ५, २०२६ मा कार्लोभाच्को क्षेत्रको दुगारेसा नजिक भएको दुर्घटनामा ज्यान गएको पुष्टि भएको हो।

उज्वल भविष्यको सपना बोकेर परदेश पुगेका फागोको असामयिक निधनप्रति एनआरएनए क्रोएसियाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै उनको शव ल्याउन सबैको सहयोगको अपेक्षा परिवारजनले गरेको छ ॥

S

प्रतिक्रिया