काठमाण्डौको सुकुम्बासी बस्ती आजबाट हटाइदै : सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ

काठमाण्डौको सुकुम्बासी बस्ती आजबाट हटाइदै : सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 893
    Shares

पोखरा , १२ बैशाख २०८३।

सरकारले आजबाट काठमाण्डौको थापाथली, गैह्रीगाउँ र मनहरा फाँटको सुकुमबासी बस्ती खाली गर्दैछ । त्यसका लागि थापाथली र सिनामंगल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सुकुमवासी बस्ती हटाउन डोजर त्यहाँ पुगेका छन्।

सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो। यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो। अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो। कतिपयले भने शुक्रबारै बस्ती छाडिसकेका छन्। 

यसैबीच सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशङ्कामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी र दिनेश सुनार छन् । उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो । २०७९ मा काठमाडौँ महानगरपालिकाले थापाथली स्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परिश्रमीले महानगरका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार देखिएको एसपी भट्टराईले बताए ।

प्रतिक्रिया