सिरहाका मेयरले कार्यालय सहयोगी कुटे

सिरहाका मेयरले कार्यालय सहयोगी कुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.3K
    Shares

सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले कुटेका कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादव

पोखरा , २४ चैत २०८२।

सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई कुटेका छन्।

नगरपालिकाको लेखा शाखामा कार्यरत कार्यालय सहयोगी यादबलाई सोमबार बिहान करिब ९ बजे मेयर यादबले कुटेका हुन्। उनी विगत २४ वर्षदेखि नगरपालिकाको स्वास्थ्य शाखामा काजमा कार्यरत छन्।

बिहान करिब ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टर पल्टाइरहेका बेला अचानक आएका मेयर यादवले गालीगलौज गर्दै लात्ती–मु’क्काले हानेको पिडित कार्यालय सहयोगी पीडित रामशरण यादवले बताए।

मेयर नवीनकुमार यादवले भने कुटपिटको आरोप अस्वीकार गरेका छन्। उनले आफूले हाजिरी गर्न रोक्दा कर्मचारी आफैं रुन र कराउन थालेको दाबी गरे।

‘मैले कुटपिट गरेको होइन। काजका कर्मचारीलाई अहिले हाजिरी नगर्न भनेको थिएँ, त्यत्तिकैमा उनी आफैं कराउन थाले,’ मेयर यादवले भने, ‘प्रह’रीलाई बोलाएर अस्पताल लगिएको हो, यो सबै नाटक हो।’

प्रतिक्रिया