पोखरा , २० चैत २०८२।
काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविन विष्ट पक्राउ परेको छन्।
सिइओ विष्टलाई बिहीबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। अभियुक्त बिष्टबिरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट पांच दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको पनि प्रहरीले बताएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
बचतकर्ताको पांच अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर गौतमश्री सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक घर भएका रामबहादुर गौतम लगायतका सञ्चालकहरू बेपत्ता छन्।