कुवेतमा मृत्यु भएका कास्कीका नेपालीसहित नौजनाको शब् नेपाल आइपुग्यो

कुवेतमा मृत्यु भएका कास्कीका नेपालीसहित नौजनाको शब् नेपाल आइपुग्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 8K
    Shares

पोखरा , १९ चैत २०८२।

कुवेतमा अलपत्र रहेका नौ जना नेपाली श्रमिकका शव बुधबार साँझ स्वदेश ल्याइएको छ ।
कुवेतमा विभिन्न कारणले फरक-फरक समयमा मृत्यु भएका नौ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस्तै त्यहाँबाट भएका (डिपोर्ट) नेपालीसमेत स्वदेश फर्किएका छन् । 

उनीहरुलाई लिएर कुवेत एयरवेजको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार स्वदेश ल्याइएका मृतकमा सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तान पाख्रिन र कास्कीका रमेश नेपाली छन् ।

कुवेतको हवाइ क्षेत्र र काठमाडौँ–कुवेत नियमित उडान बन्द रहेको विशेष परिस्थितिमा कुवेतस्थित नेपाली राजदूतावासको समन्वय र कुवेत एयरवेजको सहयोगमा सो विशेष उडान गरिएको हो ।

जहाजमार्फत ल्याइएका ९ नेपालीको शवलाई आजै सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया