लमजुङमा कुखुरा , कुखुराको मासु र अण्डा ओसारपसार गर्न प्रतिबन्ध लगाइएको छ।
जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बुधबारको बैठकले आजदेखि लमजुङमा कुखुरा , कुखुराको मासु र अण्डा ओसारपसार गर्न प्रतिबन्ध लगाएको हो ।
देशका बिभिन्न जिल्लाहरुमा बर्डफ्लु देखिएको अवस्थामा लमजुङ जिल्लामा पनि बर्डफ्लुको जोखिम बढेको भन्दै उक्त बैठकले आजदेखि अर्को सुचना प्रकाशन नभएसम्मका लागि लमजुङ् जिल्लामा कुखुरा , कुखुराको मासु र अण्डा ओसारपसार गर्न प्रतिबन्ध लगाउने निर्णय भएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका निमित्ता कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिएका छन्।