इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरका युवा अमृत झाको उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह

इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरका युवा अमृत झाको उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ चैत्र २०८२
  • 3.2K
    Shares

वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि दुबई पुगेका उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट निवासी अमृत झा सात दिनदेखि इरानी सेनाको नियन्त्रणमा छन्। उनी दुबईस्थित ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा पानी जहाजमा काम गर्दै आएका थिए ।

 झा पानीजहाज चलाएकै अवस्थामा इरानी सेनाको नियन्त्रणमा परेका थिए । दुबईबाट पानीजहाज लिएर इरान जाने क्रममा इरानको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा परेका झालाई कारागारमा राखिएको परिवारले जनाएको छ । 

नियन्त्रणमा पर्नुको कारण भने प्रष्ट हुन सकेको छैन । तत्काल उद्धार गरिदिन परिवारले नेपाल सरकारलाई आग्रह गरेको छ । उनकी दिदी पूजा झाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन दिएकी छिन् ।

प्रतिक्रिया