पोखरा,२८ फागुन २०८२।
सिरहास्थित नेपाल बार एशोसिएसन भवनमा प्रेसर कुकर विस्फोट भएको छ। सिरहा जिल्ला अदालतअगाडि रहेको एशोसियनको भवनमा सञ्चालित मधेश ल फर्ममा प्रेसर कुकर विस्फोट भएको हो ।
अधिवक्ता धनिकलाल यादवले सञ्चालन गर्दै आएको मधेश ल फर्मभित्र प्रेसर कुकर बम बिस्फोट हुँदा उनको २८ वर्षीय छोरा सौरभ यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेश पालले जानकारी दिए।
विस्फोटका कारण यादवको शरीरका विभिन्न भागमा चोटपटक लागेको र अवस्था सामान्य रहेको बताइएको छ। उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बम किन र कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पालले बताए ।