पोखराबाट ठुलो मात्रामा लागू औषधसहित एक जना ब्यापारी पक्राउ

पोखराबाट ठुलो मात्रामा लागू औषधसहित एक जना ब्यापारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ फाल्गुन २०८२
  • 2.8K
    Shares

drugs in pokhara

पोखरा,२६ फागुन २०८२।

पोखराबाट ठुलो मात्रामा लागू औषधसहित एक जना ब्यापारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिई गएको प्रहरी टोलीले पोखरा
महानगरपालिका वडा नं.०९ शान्तिबनबाट ठुलो मात्रामा लागू औषधसहित एक जना ब्यापारी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पोखरा ९ शान्तिबन बस्ने वर्ष ४३ को सुनिल कमर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त कमरको साथबाट लागू औषध डाईजेपाम चारसय ६० एम्पुल, फेनारगन चारसय ८१ एम्पुल, ब्रुफिन चार सय ८२ एम्पुल गरी जम्मा एकहजार चारसय २३ एम्पुल लागू औषध र एक थान मोवाईल समेत बरामद भएको प्रहरीले बताएको छ।

अभियुक्त कमरबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान प्रकृया
अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया