कैलालीमा आफ्नै बुबाबिरुद्ध आमाहत्याको आरोपमा जाहेरी दर्ता

कैलालीमा आफ्नै बुबाबिरुद्ध आमाहत्याको आरोपमा जाहेरी दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ फाल्गुन २०८२
  • 3.4K
    Shares

पोखरा,२६ फागुन २०८२।

कैलालीमा एक युवाले आफ्नी आमाको हत्या गरेको भन्दै आफ्नै बुबाबिरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेका छन्।

 कैलालीको भजनी नगरपालिका–९ खुरुरियाका २८ वर्षीय मगरु चौधरीले आफ्नी ५० वर्षीया आमा माना देवी चौधरीको हत्या गरेको भन्दै ५५ वर्षकाबुबा प्रेमलाल चौधरीबिरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गरेका हुन्।

प्रहरीका अनुसार , गएको फागू पूर्णिमाका दिन बिहान स्थानीय प्रेमलाल चौधरीकाे श्रीमती अन्दाजी ५० वर्षीया माना देवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियोे । शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकि मानादेवी चौधरीको हत्या भएको आशंकामा अनुसन्धान गर्दै जाँदा उनकै श्रीमान प्रेमलाल चौधरीले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

आपसी विवादका क्रममा प्रेमलाल आफुले श्रीमतीकाे हत्या गरेकाे स्वीकार गरेका प्रहरीले जानकारी दिएको छ। आफ्नी आमाको आफ्नै बुबाले हत्या गरेको खुले पछि २८ वर्षीय मगरु चौधरीले कारवाहीकाे माग गर्दै बुबा प्रेमलाल चौधरीबिरुद्ध कर्तव्य ज्यान शिर्षकमा जाहेरी दिएका छन् ।

उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया