गएराती धनगढ़ीमा श्रीमतीको हत्या गरेर भागेका पूर्व शिक्षक बाँकेबाट पक्राउ

गएराती धनगढ़ीमा श्रीमतीको हत्या गरेर भागेका पूर्व शिक्षक बाँकेबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ फाल्गुन २०८२
  • 2.8K
    Shares

पोखरा,२४ फागुन २०८२।

गएराती धनगढ़ीमा श्रीमतीको हत्या गरेर भागेका एक पूर्व शिक्षक बाँकेबाट पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति अन्दाजी ३० वर्षीय श्रीमती सरस्वती अवस्थी जाेशीकाे हत्या गरेर भागेका पूर्व शिक्षक डम्मरराज जाेशी बाँकेबाट पक्राउ परेका हुन्।

श्रीमतीको हत्या गरेर भागेका पूर्व शिक्षक जोशीलाई बाँके प्रहरीको सहयोगमा बाँकेकाे  राप्तीसाेनारी गाउँपालिकाकाे शमशेरगञ्जबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

जाेशीले श्रीमतीकाे टाउकाेमा धारिलाे हतियार प्रहार गरि हत्या गरेकाे पाइएकाे छ । उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया