पोखरा,२४ फागुन २०८२।
मोरङ कारागारमा चौकीदारले सुतिरहेका कैदीलाई कट्टीले हान्दा एक भारतीयसहित दुईजना कैदी घाइते भएका छन्।
सुतिरहेकै स्थानमा चौकीदारले कट्टी प्रहार गर्दा जिल्ला कारगार मोरङमा एक भारतीयसहित दुईजना कैदी घाइते भएका छन्। विराटनगर हाटखोला स्थित जिल्ला कारागार मोरङमा शनिबार बिहान सुतिरहेको अवस्थामा चौकीदार गोपाल दनुवारले कट्टी प्रहार गर्दा कैदीहरु भारतको उत्तर प्रदेश दिनाजपुर घर भएका ३५ वर्षीय चन्चल बर्मन र मोरङको ग्रामथान गाउँपालिका–५ का २८ वर्षीय सञ्जय चौधरी घाइते भएका हुन् ।
मोरङ कारागारका प्रशासक गौरव ढुंगेलका अनुसार, ‘बी ब्लक’का चौकीदार मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका ३१ वर्षीय गोपाल दनुवारले शनिबार बिहान ३ बजेतिर सुतिरहेका कैदीहरु मथि एक्कासी धारिलो कट्टी प्रहार गरेका थिए। घाइते दुवैजना कैदीको दुवै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
घाइते कैदीहरु बर्मन मानब बेचबिखन तथा ओसारपसार र चौधरी चोरी तथा डाँका मुद्दाका सजाय भोगिरहेका थिए।आक्रमण गर्ने चौकीदार दनुवार जर्वजस्ती करणी मुद्दामा कैदी हुन्। घटनाबारे गहन अनुसन्धान भइरहेको मोरङका डीएसपी हरिनन्दन चौधरीले बताए। मोरङ कागागारमा आन्तरिक शक्त्ति सघर्षका लागि प्राय अपराधका घटनाहरु हुँदै आएका छन्।