चितवनमा अटो दुर्घटनाः चालकसहित चारजनाको मृत्यु, एक जना घाइते

चितवनमा अटो दुर्घटनाः चालकसहित चारजनाको मृत्यु, एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ फाल्गुन २०८२
  • 4.1K
    Shares

पोखरा,२३ फागुन २०८२।

चितवनमा आज अटो दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

उपरदाङगढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ह ०३१५ नम्बरको अटो शनिबार साँझ करिब ५ बजे कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त हुँदा चालकसहित चारजनाको मृत्यु भएको हो भने एकजना घाइते भएका हुन् ।

सडक छेउको नालामा पल्टिएर दुर्घटनाग्रस्त हुँदा अटो चालक राप्ति नगरपालिका–९ का ३९ वर्षीय पूर्ण बिक, राप्ति–८ की ५६ वर्षीया विष्णु कुमारी तामाङ, राप्ति–९ की २२ वर्षीया बिनि तामाङ र राप्ति–९ कै करिब ५५ वर्षीया तिलक तामाङको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी राप्ति नगरपालिका–९ बस्ने ५३ वर्षीया चिनि कुमारी गुरुङ घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया