भक्तपुरमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते

भक्तपुरमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ फाल्गुन २०८२
  • 8.4K
    Shares

पोखरा , १९ फागुन २०८२।

भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार सोमबार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सडकमा भएको दुर्घटनामा घाइते भएका पाँचमध्ये तीन जनाको आज मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

सोही कार दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया