पोखरा , १९ फागुन २०८२।
रुपन्देहीको देवदहमा गएराती बसले स्कुटरलाई ठक्कर दिंदा एक युवाको निधन भएको छ भने अर्का घाइते भएका छन्।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१-००१ ख ०८१६ नं को बसले विपरित दिशातर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा गएराती राती १० : ३० बजे ठक्कर दिंदा एक युवाको निधन भएको हो।
उक्त दुर्घटनामा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डेको निधन भएको देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन विष्टले जानकारी दिए । सोही दुर्घटनामा परेर देवदह–५ कै २८ बर्षिय कृष्ण पाईजा घाइते भएका छन् । घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।