पोखरा, १९ फागुन २०८२।
स्कुटरले ठक्कर दिएर घाइते भएका पैदलयात्रीको पहिचान नखुले पछि प्रहरीले फोटो सार्वजनिक गरेको छ।
गएको आइतबार दिउसो करीब साढे ११ बजेको समयमा पोखरा औद्योगिक क्षेत्रमा ग २२ प १३५८ नं.को स्कुटरले ठक्कर दिएर घाइते भएका पैदलयात्रीको पहिचान नखुलेपछि प्रहरीले फोटो सार्वजनिक गरेको हो।
उक्त दुर्घटनमा घाइते भएका अन्दाजी ३५ वर्षका ती युवाको हाल फिस्टेल अस्पताल पोखरामा उपचार भैरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
स्कुटरले ठक्कर दिएर घाइते बनाए पछि वडा प्रहरी कार्यालय रामबजार कास्कीबाटखटिएको प्रहरी टोलीले उनलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो। गम्भीर अवस्थामा उपचाररत ती युवालाई चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा वा उनका आफ़न्तसम्म खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ।