सिन्धुलीमा श्रीमतीको बन्चरोले हानेर हत्या : श्रीमान प्रहरी हिरासतमा

सिन्धुलीमा श्रीमतीको बन्चरोले हानेर हत्या : श्रीमान प्रहरी हिरासतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ फाल्गुन २०८२
  • 5.8K
    Shares

पोखरा , १८ फागुन २०८२।

सिन्धुलीमा एक व्यक्तिले आफ्नै श्रीमतीको बन्चरोले हानेर हत्या गरेका छन्।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका अन्दाजी ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईले आफ्नै घरकोठामा आफ्नै अन्दाजी ४५ वर्षीया श्रीमती रिता राईको बन्चरोले टाउकोमा हानेर हत्या गरेका हुन्ग।

आइतबार अपराह्न करिब ४ बजेर ३० मिनेटतिर जिते भन्ने वीरबहादुर राईले आफ्नै घरभित्र श्रीमती रिता राईलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार , घटनाको कारण भने अझै खुल्न सकेको छैन । मृतक रिता राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । पोस्टमार्टम प्रतिवेदनपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपित श्रीमान्‌लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको छ । एआईले तयार पारेको तस्बीर

प्रतिक्रिया