पोखरामा युवतीको हत्या : फुर्सेखोलामा पुलमुनि भेटियो सुटकेशभित्र शब

पोखरामा युवतीको हत्या : फुर्सेखोलामा पुलमुनि भेटियो सुटकेशभित्र शब


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ फाल्गुन २०८२
  • 12.8K
    Shares

पोखरा, १७ फागुन २०८२।

पोखरा महानगरपालिका वडा नम्बर १७ तितेपानीस्थित पुलमुनि एक युवतीको हत्या गरेर सुटकेशमा राखी फालेको अवस्थामा शब् भेटिएको छ।

अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवतीको शब आज बिहान भेटिएको हो।

प्रहरीका अनुसार , तितेपानीस्थित फुर्सेखोलाको पुलमुनि तन्नाले बेरिएको सुटकेस देखेपछि स्थानीयले वडा प्रहरीलाई कार्यालयलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा शरीरमा चोटपटक लागेको देखिएको शब भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए। उक्त शबको पहिचान गर्न बाँकी रहे पनि शबसंगै मनिषा बिकको नाममा क्लिनिकमा स्वास्थ्य जांच गरिएको रिपोर्ट कार्ड भेटिएको डिएसपी भट्टराईले बताए।

उक्त शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार , प्युठानतिर घर भएकी ती युवती करीब एक महिनादेखि अर्को एक पुरुषसंगै सोही स्थानको एक घरमा भाडामा बस्दै आएकी थिइन्। गएराती उनीहरुबीच झगडा भएकोमा आज बिहान चार बजेतिर ती युवतीको शब तितेपानीको पुलमुनि सुटकेशभित्र भेटिएको थियो। उनीसंगै बसेको भनिएका सिलगढी घर बताउने युवा अहिले बेपत्ता छन्।

प्रतिक्रिया