पोखरा , १७ फागुन २०८२।
मोटरसाइकल दुर्घटनामा घाइते भएका नुवाकोटका फुटबल खेलाडी नबराज श्रेष्ठको निधनको निधन भएको छ।
नुवाकोटको बट्टार–विदुर सडकखण्डमा गत बिहीबार राति श्रेष्ठ आफैले चलाएको बा ७४ प ४३५८ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते भएका फुटबल खेलाडी श्रेष्ठको न्युरो अस्पताल काठमाडौंमा उपचारकै क्रममा निधन भएको हो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३४ वर्षीय श्रेष्ठलाई तत्काल उद्धार गरेर त्रिशूली जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि न्युरो अस्पताल काठमाडौं रिफर गरिएको थियो। उपचारका क्रममा शनिबार राती श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए ।