रोल्पामा नेकपाको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना : ३१ जना घाइते

रोल्पामा नेकपाको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना : ३१ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ फाल्गुन २०८२
  • 5.4K
    Shares

पोखरा १७ फागुन २०८२।

रोल्पाको लिबाङमा शनिबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको चुनावी सभाबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् ।

लिबाङको चुनावी र्‍यालीपछि फर्किँदै गर्दा ना ५ ख १२३१ नम्बरको बस सुनील स्मृति गाउँपालिका–३, मिझिङ उपल्लो गाउँमा दुर्घटनाग्रस्त हुँदा ३१ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका १३ जनाको अवस्था मध्यम रहेको र जसमध्ये ५ जनालाई बुटवल सिटी अस्पतालमा रेफर गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। बस चालक सोही गाउँपालिका- १, घोडागाउँनिवासी नरेश केसीको अवस्था अत्यन्तै चिन्ताजनक रहेको जनाइएको छ।

अन्य घाइतेहरूको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्राप्त समाचारमा जनाइएको छ ।

घाइते सबैलाई तत्काल उद्धार गरी सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ।

प्रतिक्रिया