सङ्खुवासभामा अरुण नदीमाथिको बेलिब्रिज भांचिदा ट्रक नदीमा खस्यो, चालक घाइते

सङ्खुवासभामा अरुण नदीमाथिको बेलिब्रिज भांचिदा ट्रक नदीमा खस्यो, चालक घाइते


  • जन संचार
  • शनिबार, १६ फाल्गुन २०८२
  • 2.9K
    Shares

सङ्खुवासभा सेदुवास्थित अरुण नदीको भाँचियो बेलिबृज

पोखरा, १६ फागुन २०८२।

सङ्खुवासभामा अरुण नदीमाथिको बेलिब्रिज भांचिदा ट्रक नदीमा खसेको छ भने उक्त ट्रकका चालक घाइते भएका छन्।

सङ्खुवासभा जिल्लास्थित मकालु गाउँपालिका–५ र २ नम्बर वडाको सिमानामा पर्ने नुम–सेदुवा भित्री सडक खण्डमा रहेको अरुण नदी माथिको बेलिब्रिज भाँचिँदा ट्रक नदीमा खसेको हो ।

स्थानीयका अनुसार सामान बोकेर गइरहेको गाडि नं -०३००१क २९२० को ट्रक बेलिब्रिज पार गर्ने क्रममा अचानक पुल भाँचिएपछि सिधै नदीमा खसेको हो ।

उक्त दुर्घटनामा घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्चा र उनको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ ।

यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।

प्रतिक्रिया