पोखरा, १६ फागुन २०८२।
पोखराको चोरसाँघुबाट आज एकाबिहानै एक युवाले हाम फालेको खबर पाए पछि खोजी शुरु भएको छ।
पोखरा महानगरपालिकाको वडा नम्बर १० र नौ जोड्ने एसोएस नजिकको चोरसाँघुबाट आज बिहान अन्दाजी ३० – ३१ वर्षको युवाले हाम फालेको खबर पाएपछि खोजि शुरु गरिएको हो।
पुलबाट हाम फालेको भनिएका युवाको पहिचान खुल्न बाँकी रहेको प्राप्त समाचारमा जनाइएको छ। तर उनको खोजीका लागि प्रहरीहरु परिचालित भएको प्राप्त समाचारमा जनाइएको छ।