देउबा किन उडे सिंगापुर ? चुनाब अघि फर्केलान ?

देउबा किन उडे सिंगापुर ? चुनाब अघि फर्केलान ?


  • जन संचार
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 1.4K
    Shares

आसन्न २१ फागुनको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ति सिंगापुर उडेका छन्।

सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यू ४४१ बाट देउबा दम्पत्ति बुधबार राति ११ बजे सिंगापुर उडेका हुन्। देउबा स्वास्थ्योपचारका लागि भन्दै सिंगापुर उडेको भए पनि चुनाब अघि नेपाल फर्किने हुन् कि नफर्किने हुन् ? एकिन हुनसकेको छैन।

यसअघि देउवा मतदान गर्न गृहजिल्ला जान सक्ने चर्चा थियो । स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्योपचारका लागि देउबा दम्पत्ति सिंगापुर गएको डडेल्धुराबाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरले जानकारी दिए। देउवासँग उनका स्वकीय सचिव भानु देउवा छन् । देउवापत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा।आरजु राणा देउवा भने भारतमा छिन् ।

देउवा सिंगापुर उडेको विषयमा उनको सचिवालय र कांग्रेसको तर्फबाट औपचारिक जानकारी दिइएको छैन । तर, कांग्रेसभित्र भने यसलाई चासोपूर्वक हेरिएको छ । ‘पूर्वसभापतिज्यू निर्वाचनमा पार्टीका पक्षमा मत हाल्नुस् भनेर अपिल गर्ने मुडमा देखिनुभएको छैन, उहाँ मतदानका लागि डडेल्धुरा जाने कुरा पनि यकिन छैन,’ उनीनिकट अर्का कांग्रेस नेताले भने, ‘फागुन १९ मा फर्किने कि भन्ने कुरा पनि छ, तर टुंगो छैन ।’

कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति निर्वाचित भएलगत्तै पार्टीमा निष्क्रिय भएका देउवाले निर्वाचनमा पार्र्टीको पक्षमा बोलेका छैनन् । उनले नवनिर्वाचित सभापति थापासँग कुराकानी पनि गरेका छैनन् । राजनीतिक जीवनको अन्तिम चुनाव लड्न चाहेका देउवालाई थापाले टिकट दिएका थिएनन् । जोडबलमा अपदस्त गरिएको भन्दै देउवा असन्तुष्ट छन् । गृहजिल्ला र प्रदेशमा कांग्रेसका कतिपय उम्मेदवारले चुनावी प्रचारका पोस्टरमा देउवाको तस्बिर प्रयोग गरेका छन् ।

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा बुढानीलकण्ठस्थित निवासमा देउवादम्पतीमाथि आक्रमण भएको थियो । जेन–जी आन्दोलनमा घाइते भएपछि देउवा पत्नीको सुरुमा सेनाको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो । देउवाको टाउकोमा चोट लागेको थियो ।

प्रतिक्रिया