पोखरा, १५ फागुन २०८२।
सिरहामा आज एकाबिहानै टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युतको हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर चालकको घटनास्थलमै मृत्यु भएको छ।
सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा हाइड्रोलिक उठाउने क्रममा विद्युतको हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा छोइँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गाडीको केही भागमा आगलागीसमेत भएको थियो ।
करेन्ट लागेको थाहा पाएपछि चालक साह हाम फालेका थिए । गम्भीर घाइते अवस्थाका उनलाई तत्काल स्थानीय अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।