धनुषामा युवकको हत्या, डोरीले हात बाँधिएको अवस्थामा खेतमा भेटियो शव

धनुषामा युवकको हत्या, डोरीले हात बाँधिएको अवस्थामा खेतमा भेटियो शव


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 3.6K
    Shares

पोखरा, १५ फागुन २०८२।

धनुषामा हत्या गरेर फालिएको अवस्थामा एक युवाको शब खेतमा भेटिएको छ।

जिल्लाको हंसपुर नगरपालिका–९ फुलबरियाटोलका १९ वर्षीय सुमित मण्डलको हत्या गरेर औरही गाउँपालिका–६ अन्तर्गत चक्करदेखि सोनिगामा जाने भित्री सडकखण्डस्थित खेतमा शब भेटिएको हो।

उनको शब् पछाडितर्फ दुवै हात गम्छा र डोरीले बाँधिएको तथा घाँटी रेटिएको अवस्थामा सडकदेखि करिब ३०० मिटर पूर्वतर्फ रहेको खेतमा घोप्टो अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

उनको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया