एमाले कार्यकर्ताले ‘अध्यक्ष ओलीको फोटो किन खिचेको’ भन्दै झापामा पत्रकार कुटे, मोबाइल खोसे

एमाले कार्यकर्ताले ‘अध्यक्ष ओलीको फोटो किन खिचेको’ भन्दै झापामा पत्रकार कुटे, मोबाइल खोसे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 4.8K
    Shares

पोखरा, १५ फागुन २०८२।

एमाले कार्यकर्ताले ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो किन खिचेको’ भन्दै झापामा पत्रकार कुटेका छन्।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट उम्मेदवार रहेका एमाले अध्यक्ष ओलीले कमल गाउँपालिकास्थित जीवन चोकमा बिहीबार दिउँसो संचालन गरेको घरदैलो कार्यक्रमको फोटो खिचिरहेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका हुन् ।

उनीसँगै रहेका पत्रकार अमृत चिमरियाले दिएको जानकारी अनुसार , घरदैलोमा रहेको भोलेन्टियर्स फोर्सका कार्यकर्ता र घरदैलोमा भेटिएका महिलाहरूबीचको भिडियो खिच्न खोज्दा आचार्यमाथि हातपात भएको हो । ‘किन खिचेको ?’ भन्दै फोर्सका कार्यकर्ताले उनीमाथि आक्रमण गरेको चिमरियाले बताएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । आचार्यको मोबाइल फोनसमेत खोसेर उनीहरूले लगेका छन् ।उनका अनुसार आक्रमण गर्ने समूह २५६१ नम्बरको स्कर्पियोमा सवार थियो ।

प्रतिक्रिया