मस्त सुतिरहेका बेला भुइँचालो गएपछि संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भागाभाग

मस्त सुतिरहेका बेला भुइँचालो गएपछि संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भागाभाग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 4.4K
    Shares

भुकम्प

पोखरा, १५ फागुन २०८२।

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज एकाबिहानै भूकम्पको धक्का महशुश भएको छ।

सबैजना मस्त निद्रामा रहेका बेला आज बिहान ३ बजेर १८ मिनेटको समयमा संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने टोप्के गोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महशुश भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहानीपख सबैजना मस्त निद्रामा रहेका बेला भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरु आत्तिँदै घर बाहिर निस्किएका थिए।

संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा धक्का महसुस गरिएको यस भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जानकारी सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरुले दिएका छन्।

प्रतिक्रिया