पोखरा, १५ फागुन २०८२।
जेन जी आन्दोलनको क्रममा झापाबाट लुटिएको एउटा हतियार जलेको अवस्थामा भेटिएको छ।
दमक नगरपालिका-६ थानारोडस्थित इलाका प्रहरी कार्यालय दमक नजिकै जलेको अवस्थामा वाई १३४८७ नम्बरको मार्क ४ राइफल जलेको अवस्थामा भेटिएको हो।
दमक नगरपालिका-६ बस्ने याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्ण रुपमा जलेको अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान जारी छ।