पोखरा, १३ फागुन २०८२।
नवलपुरमा एक युवतीको बिभत्स तरीकाले हत्या भएको छ।
गुल्मी मुसिकोट गाउँपालिका-९ घर भई हाल नवलपुरको गैँडाकोट नगरपालिका २ शान्तिनगरमा डेरामा बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटाको गएराती बिभत्स तरीकाले हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृ!त फेला परेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
“प्रारम्भिक अनुसन्धानका क्रममा शरीरका टा’उको, घाँटी, दाहिने हातको नाडीमा धा’रि’लो ह!ति!यारले का!टे’को चो!ट र अनुहारमा नि’लडाम रहेका छ”, प्रहरी उपरीक्षक खड्काले भने, “घ’टनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोलीसमेत परिचालन गरिएको छ ।”
मृ!तक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्ध वि’च्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत फागुन १० गते गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घ’ट’नाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।