धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा ट्राफिक प्रहरी हवल्दारको मृत्यु

धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा ट्राफिक प्रहरी हवल्दारको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ फाल्गुन २०८२
  • 7.4K
    Shares

पोखरा १२ फागुन २०८२।

धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ।

धनुषाको भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा सोमबार बिहान ठक्कर दिंदा ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो ।

मृतक महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन्। ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

सोहि दुर्घटनामा परेर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषाका लेखा प्रमुख प्रहरी निरीक्षक विजय कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।

वै सवारी साधन र टिपर चालक धनुषाको मिथिला नगरपालिका २ आनन्दपुर बस्ने ३० वर्षीय सुनिल रविदास जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया