पोखरा ११ फागुन २०८२।
पोखराबाट काठमाडौं जाँदै गरेको यात्रु बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने २४ यात्री घाइते भएका छन्।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस आज बिहान पख करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट करिब ३ सय मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो भने २४ यात्री घाइते भएका छन्।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।
घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिए।
मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन।
घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ।
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको उहाँले जानकारी दिए।
मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।